९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।

सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको थियो। तेस्रो शिखर सम्मेलनको यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन हुने भएको छ।

सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका छन्।

उद्यमी बन्न युवाहरूलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि यो शिखर सम्मेलन उपलब्धीमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

समझदारी कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

प्रकाशित: २८ भाद्र २०८० ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App