२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई छुटै छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, शृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रसँग व्यावसायिक सम्झौता गरेको छ। बैंकले जनकपुरको नवजीवन अस्पताल, मकवानपुरको क्राउन्स कलेक्सन, भैरहवाको न्यु बिजी बिन्स, मकवानपुरको मनहरी हेयर एण्ड ब्युटी युनिसेक्स सैलुन र काठमाडौंको हुक हस्पिटालिटीसँग सम्झौता गरेको छ। 

बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा छुट प्राप्त गर्नेछन्। सम्झौता पश्चात् नवजीवन अस्पतालमा बैंकका ग्राहकले अस्पताल सेवामा १५ प्रतिशत र फार्मेसी सेवामा सात प्रतिशत, अन्य टेस्टमा २० प्रतिशत र कस्टमाइज हेल्थ प्याकेजमा दुई हजार रूपैयाँसम्मको छुट पाउनेछ।  

प्रकाशित: १९ भाद्र २०८० ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App