३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

बचत माग गर्दै सहकारी पीडितहरु आन्दोलनमा

सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।

आइतबार बचतकर्ताहरुले बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्।

सहकारीका अध्यक्ष ईश्वर गुप्ता भने अहिले फरार रहेका छन्। गुप्ताले बचतकर्ताको करिब २४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठ तथा कर्मचारीहरु उमेश अधिकारी र कामेश्वर सिंह थुनामा रहेका छन्।

सहकारीका बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता पाउनु पर्ने, संचालकलाई कारबाही गर्नुपर्ने, आरोपितहरूको सम्पत्ति रोक्का गर्नुपर्ने, कार्यालयको स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने लगायतका माग राखी पीडितहरुले आन्दोलन थालेका हुन्।

सहकारीबाट रकम फिर्ता पाउने सम्भावना कम हुँदै गएपछि पीडितहरुले गत हप्ता सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै रकम भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए।

सहकारी पीडितहरुले आफूहरुले ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएको तथा कारबाहीको लागि कुनै ठोस प्रयास नभएको र रकम पनि नपाएको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका सहकारी पीडितहरुले आफ्नो मागको सम्बोधन हुनुपर्ने बताएका छन्।

प्रकाशित: १७ भाद्र २०८० १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App