१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंकका कार्डवाहकलाई ओम हस्पिटलमा छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ। यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात् बैंकका डेबिट-क्रेडिट कार्ड भएका ग्राहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेसन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवालगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरानो र प्रतिष्ठित हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए। उनले दुवै संस्थाले एक अर्कामा आफ्नो सेवा सहुलियत दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए।

यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत महतले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटाभन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुसी लागेको बताए।

प्रकाशित: ७ भाद्र २०८० ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App