२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।

२० करोड रूपैयाँ चुक्ता पुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमै स्टक ब्रोकरको कारोबार सुरु गर्ने बैंकले जनाएको छ।

हाल शहरीक्षेत्रमा सीमित धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामीण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताले पनि पुँजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ। यसअघि बैंकले मर्चेन्ट बैंकिङ सम्बन्धी कारोबार गर्न सहायक कम्पनीको रूपमा आरविबी मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङको सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: ४ भाद्र २०८० ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App