विज्ञापन उद्योग टिकाउ हुन विज्ञापन एजेन्सीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ। यस उद्योगलाई चलायमान बनाउन विज्ञापनदातालाई पर राखेर हुँदैन्। विज्ञापनदाता विना मिडिया उद्योग चल्दैन्। एजेन्सीको प्रमुख भूमिका हुन्छ। यसले यिनीहरूबीच पुलको काम गर्छ।
कुन विज्ञापनलाई कस्तो प्राथमिकतामा राखेर त्यसलाई प्लेसमेन्ट दिने र कुन सञ्चारमाध्यममा त्यसलाई प्रयोग गर्ने भन्ने काम एजेन्सीले गर्छ। एजेन्सीले यसबाहेकका सञ्चारमाध्यम र विज्ञापनदाताबीचको सम्बन्धको विकास गर्छ भने लक्षित उपभोक्ताको पनि पहिचान गर्न सहयोग गर्छ।
सञ्चारमाध्यमले आफ्नो सञ्चार माध्यमको प्रभाकारिता र विश्वसनीयतालार्ई ध्यान दिनुपर्छ। विज्ञापन राख्ने स्थानले पनि उपभोक्ताले ग्रहण गर्ने कुरामा प्रभाव पर्छ। विज्ञापन उद्योगभित्र नै व्यावसायिक ढाँचा विकास गर्न सकेको अवस्था छैन। यो उद्योग कहिले बैंकर त कहिले भेन्डर जस्तो भएर काम गरिरहेको अवस्था छ । अझै पनि विज्ञापन बजार व्यवस्थापन गर्न एजेन्सीहरूले आफ्नो कामको व्यावसायिक सुनिश्चितताको लागि ध्यान दिएको पाइँदैन।
विज्ञापन उद्योग मानव जनशक्तिमा आधारित भएर चल्ने भएका कारण सञ्चार माध्यम र विज्ञापनमा काम गर्ने जनशक्ति दक्ष र स्रोतउन्मुख हुनुपर्छ। दुबै संस्थाले आफ्नोमा कार्यरत जनशक्तिलाई दक्ष बनाउन स्रोत र साधनको प¥याप्ततालाई ध्यानमा दिनुपर्ने आजको आवश्यकता हो। मानव संसाधनका लागि दक्ष र स्रोतसाधनले सम्पन्न भएर काम गर्नैपर्ने हुन्छ। एजेन्सी तथा सञ्चार माध्यमको मूल्य निर्धारणमा पनि एकरूपता छैन। कुन उपभोक्तालाई कति मूल्य लिने भन्ने निश्चित नभएका कारण पनि समस्या आउने गरेका छन्।
सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले आधारभूत स्तर निर्धारण गरेर सहकार्य गरी अगाडि बढ्नुपर्छ। कुन मिडिया रोज्ने र कुन नरोज्ने भन्ने कुरा एजेन्सीमै भरपर्छ। विज्ञापनदातालाई बुझाउन नसकेको कारण पनि एजेन्सीहरू वर्गीकरण भएको पाइन्छ। आधारलाइन भनेको उपझोक्ता र ब्राण्ड नै हो र यसैमा ग्याप छ। यसलाई परिपूर्ति गर्न मिलेर अगाडि बढ्नुको विकल्प छैन्।
(नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार)
प्रकाशित: १ भाद्र २०८० १२:३७ शुक्रबार