२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दिउँसो ३ बजे खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

धेरै उडान रद्द

निरन्तरको वर्षाले भिजिबिलिटी नपुग्दा बिहानैदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेपछि मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा हवाई उडान प्रभावित भएको छ। धेरैजसो उडान रद्द समेत भएका छन्। उडान रोकिँदा यात्रुलाई समस्या परेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार यती एयरलाइन्सले ६ वटा र बुद्ध एयरले ८ वटा उडान रद्द गरेको छ। ‘दिउँसो ३ बजेमात्र विमानस्थल खुल्यो। विमानस्थल खुल्न ढिला हुँदा उडान प्रभावित भएका हुन,’ सुवेदीले भनिन, ‘भिजिबिलिटी नै नपुगेपछि उडान प्रभावित भएको हो।’

बुद्धले पोखराबाट विभिन्न रुटमा दिनमा १३ वटासम्म उडान गर्दै आएकोमा शनिबार विमानस्थल खुल्न ढिला हुँदा आठवटा उडान रद्द गरेको उनले बताईन। ‘पाँच वटा उडान बाँकी छन्। अब बेलुकीसम्म ती उडान हुनेछन्,’ उनले भनिन। अहिले बुद्ध र यतीले मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्छन्।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भिजिबिलिटी कम भएकोले उडान प्रभावित भएको बताए। ‘पाँच वटा उडान बाँकी छन्। दिउँसो तीन बजे मात्र विमानस्थल खुलेको छ। भिजिबिलिटीमा समस्या नभए बाँकी रहेका सबै उडान हुनेछन्,’ कर्णले भने। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि उडान नियमित हुनका लागि ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ।

प्रकाशित: २७ श्रावण २०८० १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App