२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ढाकाको कपडाले बजार पाएन

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ का महिला यतिबेला सामूहिक रूपमा ढाकाका कपडा बन्न व्यस्त छन्। महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन्।

एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन्। उनीहरूले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन। तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरूको गुनासो छ। हालसम्म उक्त समूहले एक लाख रुपैयाँसम्मको कपडा बुनिसकेको छ।

ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामग्री उत्पादन भएको छ। ‘हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौं,अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्’, गंगा थापाले भनिन्।

ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरू छन्। ‘बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनौं, यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पु¥याउने योजना हाम्रो छ’, थापाले भनिन्।

चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिम नै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन्।

महिलाको आर्यआर्जन बढाउन नै तालिम चलाएर कपडा बुन्ने तालिम दिइएको हो। महिलाले तालिम पनि लिए। सीप पनि सिके। तर, उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरू निरास भएका छन्। आफैं बजारको खोजीमा जाने योजना रहेको उनीहरू बताउँछन्।

विगतका वर्षहरूमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन्। खलंगा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ। विगतका वर्षहरूमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थे। अल्लोको भने बजारको समस्स्या नभएको थापाको भनाइ छ।

महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो। तीन महिनासम्म चलेको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामग्री उत्पादन गर्न सिकेका छन्।

प्रकाशित: २५ श्रावण २०८० ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App