२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायमा देखिएका समस्याको भरपाई गर्न सक्ने स्थिति छैन: अर्थमन्त्री

फाइल तस्बिर।

अर्थमन्त्री डा. प्रकाश शरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल अडिटर्स एसोसिएसन (अडान) को १८ औं  अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाईको श्रोत नभएको बताए। मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको उल्लेख गरे।

घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको उनको भनाइ थियो। उनले भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको जिकिर गरे।

उनी भन्छन् ‘अवश्य पनि हाम्रो राज्य संयन्त्रमा समस्या छ। जसरी हरेक क्षेत्रमा समस्या छ, राज्य संयन्त्रमा पनि समस्या छ। हामी समयमा कार्यान्वयन गर्दैनौँ। धेरै कुरा हामी घोषणा गर्छौं। त्यो घोषणामा अन्तर्निहीत जुन विषयवस्तु छ, त्यसको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौँ। त्यसले धेरै समस्या आएको छ। हामी श्रोत सुनिश्चितता भनेर धेरै कुराहरु गर्‍यौँ। बजेट विनियोजन गर्‍यौँ  फ्युचर इन्कमको पोसिबिलिटी र त्यो सीमा कति हुनसक्छ ? भन्ने कुराको ख्याल नगरी हामीले अहिले नै भविष्यको कुरा निर्णय गर्‍यौँ। यत्तिको ठेक्का लगाउने, ५ करोड अहिले राखेर ५ अर्बको ठेक्का। श्रोत सुनिश्चितता बहु वर्ष। भनेर भन्यौँ । ठेक्का लाग्यो काम थाल्यो। श्रोत छैन। त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन। त्यस कारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ। त्यसलाई फेरि सफा गर्न समय लाग्छ, त्यसको सुरुवात मैले गरेको छु। एउटा घोषणाले सबै कुरा क्लिनअप गर्न गाह्रो छ, बिस्तारै हटाउँदै जानुपर्छ। त्यसमा चौतर्फी दबाब छँदैछ, स्वार्थ समूह छँदैछ, खाईपाईका कुराहरु घुमाउँदा आउने दबाबहरु झेल्नुपर्छ, मैले झेलिरहेको छु। हाम्रो काम गर्ने शैलीमा पनि यो त भन्ने कुरा हो, गर्ने कुरा छँदै छ भन्ने माइण्डसेट छ, त्यो चेन्ज गर्न जरुरी छ, तर लोगेको लाग्यै छु तर त्यो चेन्ज आउँछ, कार्यान्वयनमा जान्छ।’

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताए।

प्रकाशित: २० श्रावण २०८० १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App