२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सार्वजनिक स्वामित्वको पहिलो मिडिया ‘नेपाल रिपब्लिक मिडिया’ आइतबारदेखि नेप्सेमा सूचीकृत हुने

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।यसलाई कम्पनीले ऐतिहासिक दिनका रुपमा व्याख्या गरेको छ।

कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गर्ने विषयमा बिहीबार बिहान नेपाल रिपब्लिक मिडिया लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सम्बृद्धि ज्ञवाली र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीबिच नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा सम्झौता भएको छ ।

आजको दिन मिडिया उद्योगका लागि ऐतिहासिक मान्न सकिन्छ। किनकि पहिलो पटक नेपाली मिडिया उद्योग नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत  हुदैछ । यसले हाम्रो उद्योगलाई थप पारदर्शी र जबाफदेही बनाउने विश्वास लिएका छौँ’, एनआरएमले भनेको छ।

निजी कम्पनीलाई सार्वजनिक बनाएर  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा   सूचीकृत   गर्ने बेलासम्मका हरेक कदममा साथ, सहयोग तथा समर्थन गर्ने सङ्घसंस्था तथा व्यक्तिहरूलाई कम्पनीले धन्यवाद दिएको छ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्कासन गरेको हो। कम्पनीको आइपीओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको थियो।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको थियो। त्यस मध्य ६ हजार ९ सय २० जनाको आवेदन रद्द भयो। जस अनुसार १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन परेको थियो।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोला प्रथाबाट बाँडफाँड गरिएको थियो। जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाएका थिए। यीमध्ये भाग्यमानी १ जनाले ११ कित्ता शेयर पाएका छन्।

कम्पनीले जारी पुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आइपिओ निष्कासन गरेको थियो।

उक्तमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको थियो भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्कासन गरेको थियो।

कम्पनीले कर्मचारीहरूका लागि निष्कासन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई गत असार ११ गते बाँडफाँट गरिएको हो ।

प्रकाशित: १८ श्रावण २०८० ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App