प्रभु बैंक र भिजी इम्पेक्सबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रूपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार भिजी इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ। हाल बैंकको देशभर रहेका ३ सय १ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ।
उक्त सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंककोे छ।
प्रकाशित: १८ श्रावण २०८० ०२:३८ बिहीबार