२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्याँसको मूल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा १ सय ३० रूपैयाँ घटाएको छ। आयल निगम पूर्ण स्वचालित मूल्य प्रणालीमा गएसँगै ग्यासको मूल्य घटेको हो। अब ग्यास प्रतिसिलिन्डरको १६ सय ६० रूपैयाँ पर्नेछ। यसअघि प्रतिसिलिन्डर मूल्य १७ सय ९० रूपैयाँ थियो।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य आएसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ। निगमका अनुसार पेट्रोल लिटरमा ९ रूपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ७/७ रूपैयाँ मूल्य बढेको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७३ रूपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १५३ रूपैयाँमा बिक्री हुनेछ। ग्यासको मूल्य घटेर आएकाले घटाइएको र अन्य इन्धनको मूल्य बढेर आएकाले बढाइएको निगमले जनाएको छ।  

प्रकाशित: १७ श्रावण २०८० ०१:२३ बुधबार

खाना पकाउने ग्यास नेपाल आयल निगम इन्डियन आयल कर्पोरेसन (आइओसी)