२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

संघीय सरकारको खर्च १०.३ प्रतिशतले वृद्धि, राजश्व परिचालन १०.४ प्रतिशतले घट्यो

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको कुल खर्च १०.३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

बैंकले अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालयको तथ्याङक उदृत गर्दै राजस्व परिचालन १०.४ प्रतिशतले घटेको पनि जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा भएको कुल खर्चमा चालुखर्चको अंश ७०.३५ प्रतिशत र पुँजीगत खर्चको अंश १६.३४ प्रतिशत छ। चालु र पुँजीगत शीर्षकतर्फ विनियोजित बजेटको क्रमशः ८५.० प्रतिशत र ६१.४ प्रतिशत खर्च भएको छ।

आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको रु ९५७ अर्ब १५ करोड राजस्व परिचालन भएको छ भने रु १४२९ अर्ब ५६ करोड कुल खर्च भएको छ। सो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा राजस्व घाटा रु ४७२ अर्ब ४१ करोड रहन गएको छ। अघिल्लो आर्थिक वर्ष राजस्व घाटा रु २२८ अर्ब २९ करोड रहेको थियो।

न्यून गार्हस्थ्य बचतका कारण आन्तरिक स्रोत सीमित रहेको सन्दर्भमा निजी लगानीलाई आवश्यक हुने स्रोत अभाव हुन नदिन बढ्दो राजस्व घाटा पूर्तिका लागि नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा बाह्य स्रोत परिचालनलाई प्राथमिकतामा राखेको छ। वैदेशिक लगानी, ऋण तथा सहायतामार्फत स्रोत व्यवस्थापन हुन सकेमा बाह्य क्षेत्र र ब्याजदरमा आएको सुधारलाई कायम राख्न उल्लेख्य सहयोग पुग्ने नीतिमा जनाइएको छ।

प्रकाशित: ७ श्रावण २०८० ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App