१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा झण्डै ५ गुणाले बढ्यो राहदानी दस्तुर वापतको राजश्व असुली

ताप्लेजुङमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। झण्डै ५ गुणाले राहदानी दस्तुर वापतको राजश्व असुली बढेको तथ्यांकले यसको पुष्टि गर्छ।  

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आव २०७९।८० मा कूल २ करोड ६४ लाख ४० हजार ५ सय रुपैयाँ राहदानी दस्तुर वापतको राजश्व असुली गरेको छ । यो आव २०७८।७९ को तुलनामा झण्डै ५ गुणाले बढी हो।  

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०७८।७९ मा राहदानी दस्तुर वापत ५३ लाख ३० हजार रुपैयाँ रजश्व असुली भएको थियो। आव २०७९।८० मा ४ हजार ५ सय ५७ वटा ई–पासपोर्ट र ६ सय २२ वटा द्रुत सिफारिस प्रदान भएको छ । ३ हजार ७ सय ४८ थान राहादानी बितरण गरेको र आव २०७९।८० का ८ सय १४ थान पासपोर्ट बितरण हुन बाँकी रहेको समेत प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले आव २०७९।८० मा संस्था दर्ता नविकरणमार्फत ९६ हजार ६ सय रुपैयाँ तथा हातहतियार नविकरण र नामसारी वापत १ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आव २०७८।७९ मा प्रशासन कार्यालयले संस्था दर्ता नविकरणमार्फत १२ हजार ६ सय २० रुपैयाँ र हातहतियार नविकरण र नामसारी वापत ३ लाख ६० हजार २ सय ५२ रुपैयाँ असुली गरेको थियो ।

द्धन्द पीडित र बिपद् प्रभावित परिवालाई गरी १ करोड ६७ लाख बितरण

जिल्ला बिपद् व्यवस्थापन समिति ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा द्धन्द पीडित परिवार सहितलाई गरी १ करोड ६७ लाख रुपैयाँ बढी रकम बितरण गरेको जनाएको छ ।  

जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रदेश सरकार कोषमार्फत प्राप्त भएको रकमबाट द्धन्दकालमा मृत्यु भएका,बेपत्ता भएका र बिस्थापित भएका परिवारलाई १ करोड ५० लाख रुपैयाँ बितरण गरिएको छ। १ लाख ९२ हजार रुपैयाँ भने द्धन्द पीडित जीवन निर्वाह भत्ता वापत बितरण भएको जिल्ला प्रशासन कार्यालययले जनाएको छे। अघिल्लो आवमा द्धन्द पीडित जीवन निर्वाह भत्ता वापत ४ लाख ३२ हजार रुपैयाँ बितरण भएको थियो। यता दैवी प्रकोप अन्र्तगत आगजनी,चट्याङ र बर्षाबाट पीडित तथा प्रभावितलाई १५ लाख १८ हजार रुपैयाँ बितरण गरिएको छ । आव २०७८।७९ मा भने दैवी प्रकोपबाट पीडित तथा प्रभावित परिवारलाई ५ लाख ६३ हजार रुपैयाँ बितरण गरिएको थियो।  

प्रकाशित: ४ श्रावण २०८० ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App