३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई प्रदान

प्रशासन र व्यवस्थापनका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई ‘हेमबहादुर मल्ल सम्मान २०७७-०७८’ प्रदान गरिएको छ।

नेपाल जनप्रशासन संघको आयोजना र साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडको सहयोगमा बुधबार काठमाडौंमा ‘हेमबहादुर मल्ल सम्मान २०७७’ गोरक्षबहादुर नहुच्छे प्रधानलाई र हेमबहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका पूर्व अध्यक्ष एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा यो सम्मान प्रदान गरिँदै आएको छ। दुई जनालाई सम्मान पत्र र दुई लाख रूपैयाँसहितको सम्मान प्रदान गरिएको छ।

हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन्।

प्रकाशित: ४ श्रावण २०८० ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App