२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिन्द्राको जेनेरेटर विराटनगरमा

विराटनगरमा महिन्द्रा पावरोल जेनेरेटरको बिक्रीवितरण सुरु भएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपमार्फत विराटनगरमा एमएस प्याक्टले बिक्रीवितरण सुरु गरेको हो। अग्नी ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल जेनेरेटरको विराटनगरस्थित बिक्री कक्षको उद्घाटन गरे। उद्घाटन गर्दै श्रेष्ठले महिन्द्रा जेनेरेटर उद्योगमा अग्रणी रहेको र सबैको रोजाइमा रहेको बताए।

ग्राहकको उत्कृष्ट रोजाइमा परेकै कारण छोटो समयमा देशभरि बिक्री कक्ष विस्तार गर्दै विराटनगर आइपुगेका छौं, श्रेष्ठले भने। यस बिक्री कक्षमा ग्राहकको चाहनाअनुसार विभिन्न क्षमताका जेनेरेटर उपलब्ध छन्। जेनेरेटर बिक्री गर्नु मात्रै होइन। त्यसपछि आउने समस्याको समाधान तत्कालै गर्न सक्नु पनि महत्वपूर्ण कुरा हो।’ जेनेरेटर बिक्रीपछि मर्मतका साथै पार्टपुर्जा सहजै उपलब्ध गराउँदै २४ सै घण्टा सेवा प्रदान गर्ने भएकाले पनि ग्राहकको रोजाइमा पर्न सकेको श्रेष्ठले बताए।

महिन्द्रा पावरोल डिजल जेनेरेटरले कम ध्वनि प्रदूषण गर्ने र अधिक इन्धन बचत बताइएको छ। महिन्द्रा पावरोल जेनेरेटरहरू नेपालमा ५ केभिएदेखि ६२५ केभिएसम्मका २८ वटा मोडलमा उपलब्ध छन्। अग्नी ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्रयाक्टर तथा इलेक्ट्रिक सवारी साधनको बिक्रीवितरण गर्दै आएको छ।  

प्रकाशित: ४ श्रावण २०८० ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App