२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

५ महिनाभित्रै ५२५ मिटर सुरुङ छिचोलिने

नागढुंगा-नौबिसे सुरुङमार्ग

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न ५ सय २५ मिटर मात्रै बाँकी रहेको छ। बाँकी रहेको सो दूरी पनि करिब पाँच महिनाभित्रै छिचोलेर सुरुङको ब्रेक थ्रु हुने भएको छ। नागढुंगा–नौबिसे सुरुङ आयोजनाका अनुसार मुख्य सुरुङमार्ग जुलाई १४ तारिखसम्ममा पश्चिम र पूर्व दुईतर्फ गरेर २१ सय ६३ मिटर सुरुङ खनिएको छ। सुरुङ पूर्व काठमाडौंतर्फ ९ सय ६९.८ मिटर र पश्चिम धादिङतर्फ ११९३.२० मिटर सुरुङ खनेर सकिएको छ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ। बाँकी रहेको ५ सय २५ मिटर पनि चार महिनाभित्रै सकेर सुरुङको ब्रेकथ्रु गर्ने लक्ष्य राखिएको छ। आयोजनाका अनुसार इभाक्युएसन टनेलतर्फ भने अब २५ मिटर मात्रै सुरुङ खन्न बाँकी छ। इभ्याकुएसन सुरुङको कुल लम्बाइ भने २ हजार पाँच सय २७ मिटर रहेको छ। जसमध्ये हालसम्म २५०१.८० मिटर सुरुङ खनिएको छ। इभ्याकुएसनको पूर्वतर्फबाट १३०१.७० मिटर र पश्चिमतर्फ भने १२००.१० मिटर सुरुङ खनिएको छ। आयोजनाको सुरुङतर्फको भौतिक प्रगति ८०.५ प्रतिशत र समष्टिगत आयोजनाको प्रगति भने ५५.१३ प्रतिशत भएको छ।

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न ५ सय २५ मिटर मात्रै बाँकी रहेको छ। बाँकी रहेको सो दूरी पनि करिब पाँच महिनाभित्रै छिचोलेर सुरुङको ब्रेक थ्रु हुने भएको छ।

वित्तीय प्रगति भने ५८.७० प्रतिशत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चार महिनाभित्रै मुख्य सुरुङ ब्रेक थ्रु हुने बताएका छन्। मंगलबार आयोजनाको स्थलगत अनुगमन गर्न गएका मन्त्री ज्वालाले एक वर्षभित्रै सुरुङमार्गबाट सवारी साधन गुड्ने गरी निर्माण अघि बढाइएको बताए।

‘यो सुरुङमार्ग देशकै संघीय राजधानी काठमाडौं जोड्नका निमित्त धेरै महत्वपूर्ण आयोजना हो,’ उनले भने, ‘नेपालमा पहिलो पटक नमुना सुरुङमार्गको रूपमा निर्माणाधीन अवस्थामा रहेको छ। यो सुरुङमार्गबाट आवातजावतको लागि सहज हुनेछ। यो आयोजनाले नेपालको समृद्धि, विकास र आर्थिक उन्नतिमा पनि निकै ठूलो योगदान पुर्‍याउने आशा गरेका छौं।’

 मन्त्री ज्वालाले सुरुआती चरणमा सुरुङमार्गको खर्च बढी देखिए तापनि भविष्यमा योबाट प्रतिफल निकै महत्वपूर्ण भएको बताए। ‘सुरुङ पछिल्लो समय निर्धारित समयभित्रै सम्पन्न गर्नेछौं,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि र स्थानीयबासीले पनि आवश्यक सहयोग गरेर परियोजना सम्पन्न गराउनेतर्फ अग्रसर भइदिन अनुरोध गर्दछु,’ उनले भने।

वित्तीय प्रगति भने ५८.७० प्रतिशत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चार महिनाभित्रै मुख्य सुरुङ ब्रेक थ्रु हुने बताएका छन्।

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमाभित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। यो परियोजनामा अहिलेसम्म पनि सुरुङको ब्रेक थ्रु र फिनिसिङ लगायतका काम अधुरै भएकाले पनि तोकिएको समयमा नसकिने भएका हो।

यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो तर थपिएको ८६ दिनमा पनि आयोजना सम्पन्न नहुने भएपछि २५ अप्रिल २०२४ सम्म म्याद थप गरिएको छ। धादिङ र काठमाडौंतर्फ ५–५ सय मिटर सडक, दुई फ्लाइओभर र सुरुङ मार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमाभित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो।

यो परियोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याज दरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्ग शिलान्यास गरे पनि सुरुङ खन्ने काम झण्डै १४ महिनापछि मात्र सुरु भएको थियो।

प्रकाशित: ३ श्रावण २०८० ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App