१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धान रोपाइँ १२ प्रतिशत कम

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ। यो पोहोरको तुलनामा १२ प्रतिशतले कम हो। पोहोरको सोही अवधिमा ६५ प्रतिशत धान रोपाइँ भएको थियो।

कोसी प्रदेशमा ५६ प्रतिशत, मधेशमा २८ प्रतिशत, बागमतीमा ४५ प्रतिशत, गण्डकीमा ४७ प्रतिशत, लुम्बिनीमा ६४ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८५ प्रतिशत मात्र रोपाइँ भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार धान रोपाइँ हुने १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफल छ। धानको भण्डारणको रूपमा परिचित मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ। यसले धान उत्पादनमा कमी आउन सक्ने आकलन गरिएको छ।

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ। यो पोहोरको तुलनामा १२ प्रतिशतले कम हो। पोहोरको सोही अवधिमा ६५ प्रतिशत धान रोपाइँ भएको थियो।

समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा कम रोपाइँ भएको हो। रोपाइँ कम भएकाले यसको प्रभाव उत्पादनमा पर्न सक्ने अनुमान गरिएको छ। पर्याप्त रोपाइँ नहुँदा उत्पादन घट्छ। उत्पादन घटेपछि आयात वृद्धि हुन्छ। एकातर्फ समयमा रोपाइँ नहुनु र अर्कोतर्फ किसानलाई उन्नत जातको धानको बिउ, समयमा रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको अभावका कारण पनि उत्पादनमा प्रभाव पर्ने देखिएको छ।

स्वदेशमा आवश्यकता अनुसार धान उत्पादन नहुँदा विदेशबाट आयात भैरहेको छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो मसिनो चामल प्रयोग गर्ने गरेका छन्। त्यसैगरी, भियतनाम, थाइल्याण्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भर भइसक्दासमेत उत्पादन बढाउने ठोस काम गर्न सकिरहेको छैन।

समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा कम रोपाइँ भएको हो। रोपाइँ कम भएकाले यसको प्रभाव उत्पादनमा पर्न सक्ने अनुमान गरिएको छ। पर्याप्त रोपाइँ नहुँदा उत्पादन घट्छ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशी मुलुकमा प्रति हेक्टरमा ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रति हेक्टर ४ मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले प्रति हेक्टर ३.८ मेट्रिक टन मात्र धान फल्ने गरेको छ।

अहिले मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। धान उत्पादन बढाउन रासायनिक मलको अनुदानमा वृद्धि, कृषि अनुसन्धान परिषद् नार्कबाट धेरै उत्पादन दिने धानका जात विकास गर्ने काम पनि भइरहेको सरकारी अधिकारीको दाबी छ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशी मुलुकमा प्रति हेक्टरमा ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रति हेक्टर ४ मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले प्रति हेक्टर ३.८ मेट्रिक टन मात्र धान फल्ने गरेको छ।

सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्राङ्गारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धान विज्ञ बताउँछन्।

प्रकाशित: ३१ असार २०८० ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App