१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

दाङ –  तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्। 

केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गाल्दै आएका छन्। 

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गरेका हुन्। हाल उनले ७०० घार मौरी पालेका छन्। उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराराएका हुन् । उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु १२ लाख ५० हजार आम्दानी गरेको बताए । 

त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु पाँच लाख आम्दानी गरेका छन्। “वार्षिक रु १८ लाख भन्दाबढी आम्दानी हुन्छ,” केसीले भने। 

मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाएका छन्। केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । रासस 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App