१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँचथरमा ५ करोड लगानीमा होटल सञ्चालन

नगदे बाली अलैंचीको हब मानिने पाँचथर जिल्ला पछिल्लो समय होटलहरूको हब बन्दै गएको छ। यहाँ नयाँ होटल थपिने क्रम बढिरहेको छ।

पछिल्लो पटक करिब ५ करोड रूपैयाँको लगानीमा पाँचथर सदरमुकाम फिदिम बजारमा मनस्वी होटल सञ्चालनमा आएको छ। कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।

‘नयाँ डेकोरेसनसहित पूर्वाधारमा थप लगानी गरेर होटल सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल चलाएका हौं।’

सुरुमा करिब ४ करोड लगानी गरिएको होटलमा थप १ करोड रूपैयाँ लगानी थपेर नयाँ स्वरूप दिइएको हो।

नगदे बाली अलैंचीको हब मानिने पाँचथर जिल्ला पछिल्लो समय होटलहरूको हब बन्दै गएको छ। यहाँ नयाँ होटल थपिने क्रम बढिरहेको छ।

पाँचथर पूर्वको प्रसिद्ध धाम पाथीभरा जाने रुटमा पर्ने भएकाले पर्यटकको आकर्षण रहेको छ। पाँचथरको पूर्वी सीमा सिक्किम भएका कारण भारतका पर्यटक पाथीभरा दर्शन जानका लागि यही रुट हुँदै आउने गरेका छन्।

होटलले पाँचथरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि २० जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक नेपालले बताए।

मनस्वी होटल डेढ रोपनी जग्गामा फैलिएको छ। पाँच तले भवनको नाम हरिगंगा कम्प्लेक्स रहेको छ। होटलमा १७ वटा कोठा रहेका छन्। जसमा २ वटा स्विट रुम, ६ वटा डिलक्स रुम, ३ वटा स्ट्यान्डर रुम र बाँकी ६ वटा जेनेरल रुम रहेको सञ्चालक नेपालले बताए। होटलमा एक दिन बास बसे बापत लाग्ने रुम चार्ज १५ सय देखि ६ हजार रूपैयाँसम्म रहेको छ।

ग्रेजिङको प्रयोग गरिएको होटल बाहिर ग्रेटर नेपालको झण्डा देख्न सकिन्छ । होटलबाहिर ग्रीन गार्डेन बनाइएको छ। होटलभित्र प्रवेश गरेपछि रिसेप्सन र रेष्टुरेन्टलाई आधुनिक डिजाइनमा सजाइएको छ।

कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।

पाँचौं तलामा सम्मेलन, सेमिनार र बैठक लगायतका कार्यक्रम गर्न सकिने सञ्चालक नेपालले बताए। होटलको पहिलो तलामा बार रहेको छ। प्रत्येक कोठा बाहिरपट्टि पाँचथर जिल्लाका गाउँपालिकाको नामबाट कोठा छुट्याइएको छ।

प्रत्येक कोठा भित्र र बाहिर पट्टि पाँचथर जिल्लाका पर्यटकीय गन्तव्यको तस्विर राखिएको छ। फिदिम बजारको बीचमा होटल भएका कारण होटलको हरेक कुनाबाट फिदिम बजार, फिदिमसँग जोडिएका गाउँ र साँझमा छिमेकी जिल्ला तेह्रथुम जिल्लालाई रूफटप रेष्टुरेन्टबाट नियाल्न सकिन्छ।

प्रकाशित: २९ असार २०८० ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App