२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान

अनुशासित र आधारशीला सामाजिक उद्यमी महिला सहकारीको सहकार्यमा प्रभु बैंकले किसानलाई सहुलियतपूर्ण कृषिकर्जा उपलब्ध गराएको छ। पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेसनलका सह–निर्देशक प्रकाश कटुवाल प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रोफाइनान्स विभाग प्रमुख प्रविनकुमार दहालले संयुक्त रूपमा ४० लाखको सहुलियतपूर्ण कृषिकर्जा हस्ताणतरण गरेका छन्।

पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीलाई बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रूपैयाँको सहुलियतपूर्ण कृषिकर्जाको चेक हस्तान्तरण गरिएको हो।

प्रकाशित: २६ असार २०८० ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App