१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सात वर्षमा पाँच लाख गाडी बिक्री

टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षमा पाँच लाख वटा गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कुल पाँच लाखमध्येका एक लाख गाडीहरू १५ महिनामा बिक्री भएको हो। टियागोले नेट प्रोमोटर स्कोरमा पनि ५१ अंक हासिल गरेको र विगत केही वर्षहरूमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कार जितेको कम्पनीले जनाएको छ।  

नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढंगले बढेको र हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको कम्पनीको दाबी छ।

प्रकाशित: २६ असार २०८० ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App