१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारी वेवसाइट सुरक्षित छैनन्ः सभामुख पाठक

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नसकेको बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेसनको समन्वयमा प्रदेशसभा सदस्यहरूका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनै पनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरू ह्याक गर्न सक्ने बताए।

सरकारका कामहरू पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरूलाई सुरक्षित पार्नु जरुरी रहेको उनले बताएका छन्। साथै सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तर्र्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ।

पछिल्लो समयमा साइबर अपराधका घटनामा निरन्तर वृद्धि हुने क्रम जारी रहेको उल्लेख गर्दै उनले सरकारले साइबार अपराध न्यूनीकरणतर्फ आवश्यक तयारी गर्न जरुरी रहेको विचार व्यक्त गरे।

प्रविधिको बढ्दो प्रयोगसँगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रूपमा पाठ्यक्रममासमावेश गर्नुपर्नेमा उनले जोड दिए। साइबर सुरक्षाको चुनौतीहरूलाई न्यूनीकरणका लागि हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।  

प्रकाशित: २२ असार २०८० ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App