१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

पूर्व राज्यमन्त्री राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन भएको छ।

काठमाडौं पानी पोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एसोसिएसन गठन गरेका हुन। व्यवसायी समेत रहेका श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन्।नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका समेत रहेका श्रेष्ठ  वि.सं. २०३४ सालको एसएलसी परीक्षामा  भानुभक्त मेमोरियल स्कुलबाट  सहभागी भएका हुन। 

२०३४ सालदेखि भानुभक्त मेमोरियल स्कुलबाट  हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन्। सोही ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन  तदर्थ समिति गठन गरेको बताइएको छ ।

पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्ष सागर तुलाधर, महासचिवमा नवीनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाललाई चयन गरेको छ। समितिका सदस्यहरूमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन्।

एसोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्या सागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ। यस्तै, विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको छ। 

प्रकाशित: २० असार २०८० १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App