४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ। दुवै संस्थाले विशेष साधारणसभाको निर्णयद्वारा पारित प्रस्ताव बमोजिम एनआइबिएल एस क्यापिटलमा मेगा क्यापिटल मार्केट्सलाई प्राप्त गर्ने र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूले सकार्ने निर्णयसमेत गरेको छ।  

प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड रूपैयाँ हुने, ४ लाख ८५ हजार रूपैयाँभन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटाभन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख रूपैयाँभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ।

यस प्राप्ति पश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्ने, सेवाहरू अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्रबजारमा विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापिटलले लिएको छ।

प्राप्ति (एक्विजिसन)पश्चात् साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी स्वीकृति प्राप्त भइसकेकोे जनाएको छ। 

प्रकाशित: १९ असार २०८० ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App