२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लाकाे ४ हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती

जुम्ला पछिल्लो समयमा स्याउ उत्पादनले आत्मनिर्भर जिल्लाको रुपमा प्रख्यात बन्दै गएको छ। अहिले जुम्लामा १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भरको तथ्यांकले देखाएको छ। जुम्लाको जग्गा स्याउ खेतीयोग्य गर्नका लागि निकै उर्वर छ। केही वर्ष यता जुम्लाले स्याउ खेतीले गति लिएको पाइन्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणको तथ्याङ्क हेर्दा ४ हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुन्छ। बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार भइरहेको हुन्छ।जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचाको  अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार गरिएको हो।  

अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेतीतिर किसान उत्साहजनक छन्। जुम्लामा २०७३र०७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई स्याउ बगैँचा बिस्तारका लागि बिरुवा तथा कृषि सामग्रीमा अनुदान साथै क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती बिस्तारमा थप टेवा पुगेको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाही अनुसार ३ सय ३५ दशमलव ७५ हेक्टर जमिनमा मात्रै कार्यक्रमअन्तर्गत स्याउ बिस्तार गरिएको बताउँछन्।  

उनका अनुसार यसै कार्यक्रमअन्तर्गत जुम्लाको ६५ हेक्टर जमिनमा ओखर खेती पनि बिस्तार गरिएको छ ।साथै सात वर्षको अवधिमा २६ स्थानमा चकलाबन्दी, दुई सय ५ वटा साना सिँचाइको काम पनि गरिएको छ। भने १८ वटा नर्सरीका लागि जालीघर निर्माण, एउटा माटो परीक्षण ल्याब, दुई वटा हाईटेक नर्सरी स्थापनाको काम पनि भएको छ नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गुठीचौर एग्रो फर्मले मात्रै ४६ लाख ९९ हजार ४ सय ५० रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख शाहीले थपे २१ लाख ९९ हजार ४ सय ५० सिँचाइ र घेरबारमा तथा २५ लाख रुपैयाँ बिरुवामा अनुदान उपलब्ध गराइएको छ।किसान मिनबहादुर भण्डारीको नेतृत्वमा गुठीचौर एग्रोफर्मअन्तर्गत जलजला, धपडा र काडाखोलामा सञ्चालन गरिएको एग्रोफर्ममा ३५ हजार बिरुवा रोपेर नेपालकै ठूलो बगैँचा स्थापना गरिएको छ। भण्डारीले एकै स्थानमा २८ हजार स्याउको बिरुवा रोपिएको बताए।

भण्डारीको बगैँचामा फुजी, किङरङ र गोल्डेन जातको स्याउ रोपिएको छ। किसान भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन गरेको र यस वर्ष दुई सय टन स्याउ फल्ने अनुमान छ। किसान भण्डारीले करिब २२ करोड रुपैयाँको लगानीमा बगैँचा व्यवस्थापन गरेका हुन्।  

गुठीचौर एग्रोफर्मको एउटै बगैचामा २८ हजार फुजी, ५५ सय किङरङ र २८ सय गोल्डेन जातका स्याउका बिरुवा रोपिएका छन्।भ ण्डारी जस्तै धेरै किसानले अहिले स्याउबाटै आर्थिक समृद्धिको बाटो समाएका देखिन्छ।जुम्लाको चन्दननाथ नगरपालिका आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगले यस वर्ष ३ हजार ५ सय स्याउको बिरुवा रोपेको छ।किसान सरोज शाहीले बताए,अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ४ सय ५० बिरुवा ५० प्रतिशत अनुदानमा दिइएको र ५० प्रतिशत अनुदानमा १० लाख रुपैयाँमा स्याउ ग्रेडिङ मेशिन स्थापना गरिएको छ।शाही परियोजनाअन्तर्गत स्याउ सुपरजोन सञ्चालक समन्वय समिति जिल्लाका अध्यक्षसमेत हुन्।

परियोजनाले राम्रो काम गर्दै आएको र समृद्धिका लागि अझै आवश्यक बजेट प्राप्त हुनुपर्ने बताउँछन्। यस्तै गुठीचौर गाउँपालिका–३ तल्लो गुठीचौरमा किसान टंक गिरीले २२ हेक्टर जमिनमा १४ हजार स्याउका बिरुवा रोपेर व्यवसायिक कृषिमा लगाएका छन्।गिरीले २ रहजार २ सय हेक्टर जमिनमा घेरबार गरेर स्याउ लगाउनु भएको हो।हिमाली टी एण्ड एग्रो प्रालिको नाममा शुरुवात गरिएको किसान गिरीको बगैँचाले २४ लाख ४९ हजार १ सय ५१ रुपैयाँ अनुदान प्राप्त गरेको सुपरजोन कार्यालय जुम्लाले जनाएको छ।

यस वर्ष कालिकोटमा तिलागुफा नगरपालिका-३ चुलीकर्णाली एग्रोप्रालिले फोईगाउँमा एक सय ५० रोपनी जग्गामा २० हजार बिरुवा लगाउन मिल्ने स्याउ बगैँचा स्थापना गरिएको छ।सुपरजोन कार्यालयले बगैँचालाई ५ हजार बिरुवा फुजी स्याउको बिरुवा अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख खेमराज शाहीले बताए।

जुम्लामा मात्रै यो बर्ष १९ हजार २ सय बिरुवा अनुदान दिइएको उनले बताए। प्रालिका प्रोपाइटर नविन हमालका अनुसार ७० देखी लाख लगानी छ। स्याउबाटै समृद्धि देखिएकाले स्याउ खेती अगालेको उनको भनाइ छ। जुम्लाकै गुठीचौर गाउँपालिका- ५ मा पनि २ हजार ८ सय बिरुवा रोपेर सामुदायिक बगैँचा निर्माण गरेका छन्। स्थानीय धर्म भण्डारीले सामुहिक  बगैँचाको स्थापना गरेको जनाए। सामुदायिक बगैँचाको जग्गा ४० जना किसानको रहेको छ। बगैँचामा पनि सरकारले लगानी गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले त्यस बगैँचामा १५ सय बिरुवाका लाग्ने ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ।स्याउले पछिल्लो जिल्लाका नांगा डाँडापाखामा स्याउन रोपिनेक्रम बढेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९र०८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ।

प्रकाशित: १८ असार २०८० ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App