१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

हराउँदै रोपाइँको मौलिकता

‘असारै खाउँला दुधिलो मकै, साउनै खाउँला खिर,

घरमा छैन शीतलु वचन, मनमा छैन थिर।

छुपुमा छुपु खेतैमा रोपुँ, हातको बीउ छउञ्जेल

जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको जिउ छइञ्जेल।।’

लोक गायिका हरिदेवी कोइरालाले गाएका यो गीतका हरफ अब रोपाइँका बेला खेतका गरामा रोपाहारका मुखबाट सुनिनै छोडेका छन्। आजकल असारे गीत पनि बिरलै सुनिन्छन्।

असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेतादेखि कर्मचारीसम्म किसानसँगै खेतमा उभिन पुगेका छन्। सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले पनि रमाइलोका लागि खेतमा पुगेर रोपाइँ गरिरहेका छन्।

केही वर्ष अघिसम्म नेपालमा धान रोप्दा गाइने असारे गीत घन्काएर दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरेर आफ्ना दुःख कष्ट र थकाइ बिर्सने गर्थे। खेतका गरा, खोलानाला र खहरेबाट पानी झर्दा निस्किएको छङछङ आवाजसँगै असारे भाका घन्काउँदा वरिपरि सुन्नेहरूसमेत लठ्ठ पर्थे । ती दिनहरू अब इतिहास बन्दै गएका छन्।

लोक गायिका हरिदेवी कोइरालाले गाएका यो गीतका हरफ अब रोपाइँका बेला खेतका गरामा रोपाहारका मुखबाट सुनिनै छोडेका छन्। आजकल असारे गीत पनि बिरलै सुनिन्छन्।

असारलाई ‘मानो छरेर मुरी फलाउने’ महिनाको रूपमासमेत लिने गरिन्छ। कालिकोटमा भने असारको दोस्रो साता बितेपछि मात्रै रोपाइँ सुरु भएको छ। देशकको पश्चिमी खण्डमा भइरहेको पर्याप्त वर्षाले किसान रोपाइँ गर्न व्यस्त भएका हुन्। यसबेलाको दर्के झरी र चर्को घामको पर्वाह नगरी कालिकोट जिल्लाका ग्रामीणक्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन्।

हलो, जुवा र गोरुको ठाउँ मिनिटेलर हलोले लिन थालेका छन् भने असारे गीत पनि सुनिन छाडेका छन्। ‘पहिला पहिला धान राम्रो फलोस् भनेर पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतका भाकासँगै धान रोप्न सुरु गर्दथे’, खाँडाचक्र नगरपालिकाका स्थानीय रोसन पाण्डेले भन्छन्, ‘अहिले यी सबै कुराहरू हराउँदै गएका छन्।

कालिकोट जिल्लामा उत्पादन हुने मार्सी धानको बजारीकरण नहुनु, तरकारी खेतीले उचित मूल्य नपाउनु जस्ता समस्या यहाँका किसानले भोगिरहेका छन्।

रोपाइँमा व्यस्त हुनुपर्ने बेलामा देशभर फैलिएको महामारीले किसानका गोरु मरेका कारण जिल्लाका किसालाई चिन्तित बनाएको छ। मानो छरेर मुरी फलाउने भनिए पनि पहिले जस्तो उल्लास आजकल पाइन छाडेको छ। आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप हुने अवस्थामा पुगेको छ।

बीसौं राष्ट्रिय धान दिवसको अवसर पारेर ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराको साथ जिल्लामा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ। यसक्रममा जिल्लामा उत्पादन हुने धानको जैविक विविधतामा जोड दिने सरोकारवालाहरूले बताएका छन्।

कालिकोट जिल्लामा उत्पादन हुने मार्सी धानको बजारीकरण नहुनु, तरकारी खेतीले उचित मूल्य नपाउनु जस्ता समस्या यहाँका किसानले भोगिरहेका छन्।

जिल्लाका ९ वटै स्थानीय तहका ८२ वटा वडामा रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ। जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजनामा खाँडाचक्र नगरपालिका ३ को ताडीमा गरिएको रोपाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, डिएसपी जयश्वर रिमाल लगायत किसानहरूको समेत सहभागितामा धान दिवस मनाइएको छ। प्रत्येक वर्ष जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजनामा यस्तो कार्यक्रम गरिँदै आएको छ।  

प्रकाशित: १७ असार २०८० ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App