१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अझै फेला परेनन् एनएमबि बैंक लुट्नेहरु

महोत्तरीको महोत्तरी गाउँपालिका-२ बजारस्थित एनएमबी बैंक लुटिएको महिना दिन बित्न लागेको छ। तर लुटेराहरु अझै पक्राउ परेका छैनन्।

गत जेठ १६ गते दिउँसै पेस्तोलसहित चार जनाको एक समूहले बैंक लुटेका थिए। लुटेराहरु अझै पक्राउ नपर्दा जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ। महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले सो विषयको अनुसन्धान अन्तिम चरणमा रहेको बताए। उनका अनुसार लुटेराहरुको विषयमा प्रमाण फेला परिसकेको छ।

नायब उपरीक्षक दिलिप कुमार गिरीले लुटेराहरुको पहिचान पनि भइसकेको बताए। तर हालसम्म यस विषयमा कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्। लुटेराहरुले मुखमा मास्क लगाएको कारण पत्ता लगाउन केही ढिलाइ भएको उनको भनाइ छ। उनले भने,ु हामी चाँडै उनीहरुलाई सार्वजनिक गर्छौं। अब पहिचान भइसकेको छ। मानवीय, प्राविधिक र व्यवहारिक तरिकाबाट अनुसन्धान भइरहेको छ।ु बैंकले सुरुमा ३५ लाख लुटिएको भनेपनि पछि हिसाबकिताब मिलाउदा १५ लाख एक हजार चार सय ९३ रुपैयाँ मात्रै लुटिएको उनले बताए।

लुटेराहरु मास्क लगाएर गत जेठ १६ गते अपरान्ह १२ बजेर २५ मिनेटमा हतियारसहित चार जना बैंक प्रवेश गरेको सीसीटिभी फुटेजमा देखिन्छ। उनीहरुले मुखमा मास्क र हातमा हतियार राखेका थिए। उनीहरुले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पेस्तोल देखाएका थिए। त्यसपछि ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेका थिए। लुटेराहरुले एक सेवाग्राहीको कपडा लिइ भित्र गइ पैसा संकलन गरेका थिए। केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएका थिए।

प्रकाशित: १४ असार २०८० १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App