४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जस्थित धम्बोझी २ मा ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ। बैंकले भवन निर्माणको लागि १ लाख १ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।

ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको उक्त भवन निमार्ण कार्यले त्यहाँका ज्येष्ठ नागरिकको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवद्र्धन गर्न मदत गर्ने विश्वास बैंकले लिएको छ। जेष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मदत गर्ने लक्ष्य राखेको जनाएको छ।  

ज्येष्ठ नागरिक  

क्लबमा १ सय ६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए।

प्रकाशित: १४ असार २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App