१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुरको सानो ठिमीमा एक दिने रोजगार मेला हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा असार १६ गते शनिबार एक दिने रोजगार मेला हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय सानो ठिमीमा मेला हुन लागेको हो।

मेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरूलाई उनीहरूको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरूको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्देश्यका साथ मेला गर्न लागिएको जनाए। मेलाको नामकरण ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” राखिएको छ। मध्यपुर थिमि नगरपालिकाले प्रथम पटक मेला गर्न लागिएको हो।

मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरूको बिचमा एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्ने विश्वास गरिएको छ। मेलाको लागि हेल्भेटास नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ। मेला बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ। 

प्रकाशित: १३ असार २०८० १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App