१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गुम्बाबाट लुटियो पुरातात्विक सम्पदा

उपल्लो डोल्पाको से-फेक्सुन्डो गाउँपालिका-४ स्थित देचेन लापराङ र वडा नम्बर ३ को से-चाखाङ गुम्बामा बन्दुक बोकेको एक समूहले गत साता पुरातात्विक महत्वका सम्पदा र मूर्ति लुटेर लगेका छन्। मंगलबार डोल्पाबाट प्रतिनिधिसभाका सांसद धनबहादुर बुढाले सो घटनाबारे संसद् बैठकमा जानकारी गराएका थिए।

‘पछिल्ला वर्षमा उपल्लो डोल्पाको धो-तरपस्थित गाकार गुम्बा, लाङ गुम्बा र मार्गम गुम्बासहितबाट दर्जनौं पुरात्तात्विक सम्पदा चोरिएको घटना बाहिर आइरहेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा रहेका सम्पदा संरक्षण तथा संवद्र्धधनमा सरकारले चासो नदेखाएपछि पुरातात्विक क सम्पदा चोरिने क्रम बढ्दै गएको छ।

गत साता बन्दुक बोकेका एक समूहले उपल्लो डोल्पामा रहेको देचेन लापराङ र से-चाखाङ गुम्बाबाट पुरातात्विक सम्पदा, गरगहना र मूर्तिलगायत लुटेर लगेका छन्। सो घटनामा घाइते भएका पुजारी र लामाहरूको परम्परागत उपचार विधिबाट उपचार भइरहेको छ। अझसम्म पनि सो घटनाको मुचुल्का उठेको छैन।’ उनले सो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले दुई फरक घटनाहरूमा सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरू लुटिएको जानकारी गराएको बताए।

बन्दुक बोकेर देचेन लापराङ र से-चाखाङ गुम्बा प्रवेश गरेका सो टोलीले त्यहाँका लामा र मुख्य पुजारीहरूलाई कुटपिट गरेर पुरातात्विक सम्पदा तथा मूर्तिहरू लुटेर लगेका थिए। डोल्पाबाट लोप हुँदै गएका पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरू समेटिएर ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ नाममा चित्रकथा पुस्तक प्रकाशित गरेकी बेलायती लेखक एमिलिना स्मिथले सामाजिक सञ्जाल ट्विटरमार्फत देचेन लापराङ र से-चाखाङ गुम्बाबाट पुरातात्विक सम्पदाहरू लुटिएको घटनाबारे जानकारी गराएकी थिइन्।

प्रकाशित: १३ असार २०८० ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App