२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन मन्त्री र क्यान महानिर्देशकबीचको विवाद सतहमा

प्रदिप अधिकारी/ सुदन किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारी बीचको असमझदारी सतहमा आएको छ। मन्त्री किराँतीले मंगलबार आफ्नो फेसबुक मार्फत सात दिने म्याद दिएर अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेपछि विवाद सार्वजनिक भएको हो।

मन्त्री किराँतीले सार्वजनिकरूपमा सोधेको स्पष्टीकरणको जवाफ नदिने दृढता अधिकारीले व्यक्त गरेका छन्। उनले कानुनबमोजिम हुने कुरामा मन्त्री किराँतीले अतिरञ्जित तरिकाले स्पष्टीकरण मागेको दाबी गरे। ‘त्यस्तो जरुरी र गोप्य विषयबारे सार्वजनिक रूपमा सोधेर हुन्छ ? फेसबुकमा उल्लेख गरिएका प्रश्नको कानुनी आधार के?’

अधिकारीले नागरिकसँग भने, ‘कुन कानुनको दफामा रहेर मन्त्रीले स्पष्टीकरण सोधेका हुन् र मैले त्यसको जवाफ दिने ? सामाजिक सञ्जालमा आएका प्रश्नको कानुनी आधारबारे मलाई जानकारी छैन, त्यसैले मैले यसको जवाफ दिन चाहिन।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारी बीचको असमझदारी सतहमा आएको छ। 

मन्त्री किराँतीले स्पष्ट जवाफसहितको विवरण पेश गर्ने सम्बन्धमा महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका थिए। मन्त्रीले महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल भएको आरोप लगाएका छन्।

मन्त्रीले सार्वजनिक गरेको स्पष्टीकरणसम्बन्धी बुँदामा उनलाई आर्थिक वर्ष २०७९/८० को संघीय संसद्ले पास गरेको बजेट तथा कार्यक्रम अन्तर्गत प्रधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रूपमा छुट्याउने भनी उल्लेख भएकोमा उक्त नीति विपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिई नेपाल सरकारको नीतिको परिपालना नगरेको र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको आरोप लगाएका छन्।

विगत केही समय यता बारम्बार हवाई दुर्घटना भई धनजनको क्षति भएकाले नेपालको हवाई सुरक्षामा गम्भीर प्रश्न उठेकोमा महानिर्देशक अधिकारीले आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल भएको आरोप मन्त्री किराँतीले लगाएका छन्। यस्तै प्राधिकरणमा कार्यात्मक विभाजन नै पर्‍र्याप्त भन्ने महानिर्देशक अधिकारीको अभिव्यक्तिले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व उत्पन्न गराएको आरोप पनि मन्त्री किराँतीले लगाएका छन्।

मन्त्री किराँतीले स्पष्ट जवाफसहितको विवरण पेश गर्ने सम्बन्धमा महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका थिए। मन्त्रीले महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल भएको आरोप लगाएका छन्।

किराँतीले हवाई क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरीत विमानस्थलहरूको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई दिई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई विमानस्थल सञ्चालनमा ल्याएको र परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमान उडान गर्न दिई उडान सुरक्षामा चरम लापारबाही गरेको आरोप लगाउँदै महानिर्देशक अधिकारीलाई प्रश्न सोधेका छन्।

यसै क्रममा महानिर्देशक अधिकारीले मन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विषयहरू संवेदनशील र गोपनीयसमेत भएको उल्लेख गर्दै त्यसबारे सजग हुनुपर्ने बताए। उनले भने ‘ती प्रश्नहरू एकदमै संवेदनशील हुन्। त्यस्ता कुराहरू सार्वजनिक गरेर हुन्छ? यो त जाँचभन्दा अगाडि प्रश्नपत्र देखाउने जस्तो भएन र ? कानुन सम्मत प्रक्रिया नपुर्‍याइ सोधिएको विषयमा मलाई केही भन्नु छैन।’

यस्तै मन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अन्तर्गत रन–वेको उचाइ घटाइएका कारण छिनेडाँडा बढी काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको उल्लेख गर्दै हवाई सुरक्षामा यसले प्रतिकूल असर पर्ने देखिएकाले यस्तो कार्य किन गरिएको भनि प्रश्न गरेका छन्।

छिनेडाँडाको उचाइ ३० मिटर काटुनुपर्ने गरी साबिकमा व्यवस्था भएकोमा रन–वेको उचाइ कम हुँदा डाँडाको उचाइ ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको र रन– वे को उचाइ घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले बाहिर डिस्पोज नगरेर उक्त रन–वेमै प्रयोग गरेको उल्लेख छ।

प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरामा विमान नचल्नु क्यानको मात्र कमजोरी नभएको उल्लेख गर्दै त्यसमा राज्य, राज्यको आर्थिक अवस्था र स्वयम् मन्त्रीको पनि उत्तिकै जिम्मेवारी भएको बताए।

‘यो क्यान र मेरो मात्र जिम्मेवारी हैन्, उहाँको जिम्मेवारी पनि उत्तिकै छ। राज्य र राज्यको आर्थिक अवस्था पनि विमान चल्न नसक्नुका कारण हुन्। कमजोरी र जिम्मेवारी हामी सबैको हो।’

यस्तै मन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अन्तर्गत रन–वेको उचाइ घटाइएका कारण छिनेडाँडा बढी काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको उल्लेख गर्दै हवाई सुरक्षामा यसले प्रतिकूल असर पर्ने देखिएकाले यस्तो कार्य किन गरिएको भनि प्रश्न गरेका छन्।

मन्त्री किराँतीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सिद्धान्त विपरीत घटना, दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायका प्रमुखको रूपमा नेतृत्व क्षमता र राज्यको उडान सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने क्षमतालगायतका विषयहरूमा मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।

 महानिर्देशक अधिकारीले सरकारी कार्य गर्दा निश्चित प्रक्रिया बमोजिम उक्त विषयहरू छलफल गरेर सम्बोधन गर्ने पद्धतिलाई बेवास्ता गर्दै सार्वजनिक रूपमा र कानुन विपरीत स्ष्टीकरण सोधिएको हुँदा जवाफ नदिने बताएका छन्।

प्रकाशित: १३ असार २०८० ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App