सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुट क्याम्प –२०२३’कार्यक्रम सम्पन्न गरेको छ। साइबर सुरक्षा योग्यता र ज्ञान बढाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू, ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीप विकास गर्ने आवसर पाएको अपेक्षा गरेका छन्। कार्यक्रममा अनुभवी सल्लाहकारहरूले सहभागीहरूलाई प्रेरित गर्नुका साथै आवश्यक पर्ने सीपहरूमा मार्गदर्शन प्रदान गरेको कलेजले जनाएको छ।
प्रकाशित: १२ असार २०८० ०३:३० मंगलबार