५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्रमपूर्ण सूचना प्रवाहप्रति उद्योगको गम्भीर ध्यानाकर्षण

घोराही सिमेन्ट इण्डष्ट्रीले निष्कासन गरेको सेयरबारे भ्रमपूर्ण सूचना प्रवाह गरिएको सम्बन्धमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ। प्रिमियम मूल्यमा आइपिओमा सेयर निष्कासन खुला गरेको अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठामा आँच आउने गरी सूचना प्रवाह गरिएको भन्दै उद्योगले असन्तुष्टि जनाएको छ। साथै बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयबारे पारदर्शी तवरले स्पष्ट पार्न कम्पनी तयार रहेको पनि बताइएको छ ।  

धितोपत्र बोर्डद्वारा स्वीकृति पाएपछि निष्कासन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, कम्पनीका कर्मचारी र म्युचुअल फण्डसमेतका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी सेयरबाँडफाँट भइसकेको छ।  

सर्वसाधारणको लागि खुला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले सेयर निष्कासन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको र सार्वजानिक निष्कासन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको कम्पनीले जनाएको छ।  

नियामक निकाय धितोपत्रबोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित कम्पनीबाट व्यहोरा जानकारी लिने र झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकिन गएको सेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारू गर्नेमा उद्योग विश्वस्त रहेको बताएको छ।  

प्रकाशित: १२ असार २०८० ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App