२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्र्याउने बताउँदै आए पनि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। जबकि गत आर्थिक वर्षमा भने ५४ अर्ब रूपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो। चालु आवको ११ महिनामा २ सय ७४ वटा उद्योगका लागि सो प्रतिवद्धता आएको हो।

कोभिड १९ महामारी र रुस–युक्रेन युद्धको कारणले पनि अपेक्षित रूपमा चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सकेको छैन। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा २ सय ७४ वटा उद्योगका लागि ३४ अर्ब ५८ करोड रूपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो।

सरकारले विदेशबाट लगानी भित्र्याउनेताउँदै आए पनि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) अन्तर्गत १५ अर्ब ३८ करोड रूपैयाँको लगानी भित्र्याउने प्रतिवद्धता गरेका छन्।

सो अवधिमा एसपिएरएसएसए स्वीकृति लिनेको संख्या ६६ वटा पुगेको छ। उद्योग विभागका अनुसार सुरुकै चरणदेखि हालसम्म ५८ सय ७ उद्योगका लागि ४ खर्ब ५३ अर्ब रूपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

उद्योग विभागका अनुसार चालु आवको ९ महिनामा १९२ वटा नयाँ विदेशी उद्योगले लगानीको स्वीकृति लिएका थिए। ९ महिनासम्ममा नयाँ विदेशी उद्योगले २८ अर्ब ११ करोड रूपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्।

त्यसैगरी टिटिए लिनेको संख्या पनि ५३ रहेको थियो। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता वृद्धि भएको थियो। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७८/७९ मा बढेर ५४ अर्ब १५ करोड रूपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

उद्योग विभागका अनुसार चालु आवको ९ महिनामा १९२ वटा नयाँ विदेशी उद्योगले लगानीको स्वीकृति लिएका थिए। ९ महिनासम्ममा नयाँ विदेशी उद्योगले २८ अर्ब ११ करोड रूपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्।

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्। विदेशीले सानादेखि ठूला उद्योगसम्ममा लगानी गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन्।

प्रतिबद्धता धेरै, वैदेशिक लगानी भित्रिने रकम कम

उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि वैदेशिक लगानीका रूपमा भित्रिने रकम भने निकै कम छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रूपैयाँ भित्रिएको थियो। सो आवमा वैदेशिक लगानीमध्ये ८८.५ प्रतिशत उद्योग क्षेत्रमा, ३.५ प्रतिशत सेवा क्षेत्रमा र अन्य क्षेत्रमा ७।९ प्रतिशत भित्रिएको थियो।

गत आर्थिक वर्षमा उद्योगमा आएको कुल वैदेशिक लगानीमध्ये ८६.२ प्रतिशत जलविद्युत् आयोजनामा भित्रिएको थियो। गत आर्थिक वर्षमा खासगरी अरूण तेस्रो, माथिल्लो कर्णाली लगायतका जलविद्युत् आयोजनामा विदेशी लगानी भित्रिएको थियो।

उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि वैदेशिक लगानीका रूपमा भित्रिने रकम भने निकै कम छ।

गत आवमा झण्डै ३० कम्पनीमा लगानी भित्रिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने वैदेशिक लगानी १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको थियो। उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि वैदेशिक लगानीका रूपमा भित्रिने रकम भने निकै कम छ।

आर्थिक वर्ष २०७६/७७ मा पनि १९ अर्ब ४७ करोड विदेशी लगानी भित्रिएको थियो। आर्थिक वर्ष २०७५/७६ मा करिब १३ अर्ब रूपैयाँ वैदेशिक लगानीमार्फत भित्रिएको थियो। 

प्रकाशित: ८ असार २०८० ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App