२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताएका छन्। सोमबार मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताए।उनले आन्तरिक उत्पादन बढोस्, आयात निरुत्साहित होस् भन्ने उद्देश्यले भ्याट लगाइएको बताए। महतले आन्तरिक उत्पादनलाई भ्याट नलगाइएको स्पष्ट पारे। 

महतले भने, ‘आलु र प्याजमा आन्तरिक उत्पादनलाई नभई आयातीतलाई मात्रै भ्याट लगाइएको हो।’ महतले आयातीत आलु र प्याजमा भ्याट लगाउँदैमा सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने बताए। उनले डिपार्टमेन्ट स्टोर्समा आलु र प्याजमा भ्याट लागे पनि अन्यलाई भ्याट नलाग्ने स्पष्ट पारे। ‘हामी कृषि प्रधान देश भन्छौं, आलु र प्याज यति अर्बको आयात गर्ने, आलु र प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु र प्याजमा कर लगाएका हौं’, अर्थमन्त्री महतले भने।

प्रकाशित: ५ असार २०८० ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App