२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर: अर्थमन्त्री

फाइल तस्वीर

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसानलगायतका कृषकहरू सँगको सामूहिक भेटमा अर्थमन्त्रीले यस्तो बताएका हुन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।

अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए। ‘जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने हो,’ उनले भने।

‘कृषि लगायत अन्य उत्पादक कृषकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो’, उनले भने ‘यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ। स्थानीय उत्पादनलाई महँगो बनाउँदैन।’

अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताए। उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए।

अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताए।

भेटका क्रममा प्रतिनिधिहरूले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यसक्षेत्रमा देखिएका अन्य समस्याहरूको समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १ असार २०८० ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App