१६ चैत्र २०८० शुक्रबार
अर्थ

चिनियाँ प्रवेश पासका लागि नेपालको ढिलाई

काठमाडौं– नेपाल–चीनको प्रमुख व्यापारी नाका रसुवागढीमा व्यापारीका लागि चीन प्रवेश पास उपलब्ध नहुँदा व्यवसायी समस्यामा छन्। बिजनेस पास दिन चिनियाँ पक्ष तयार भए पनि नेपाल सरकारले पास प्राप्तिको मापदण्ड बनाउन चासो नदिएको व्यवसायीको गुनासो छ।

‘बिजनेश पास नहुँदा केरुङबाट सामान आयात गर्न नेपाली व्यवस्थाले सास्ती छ,’ उनले नागरिकन्युजसँग भने, ‘नेपाली व्यवसायीले आफ्नो सामान छान्न र लिनसमेत आफैँ जान पाउने स्थिति छैन। यसले धेरै अप्ठ्यारो परिरहेको छ।'

लामो समयदेखि नेपाली व्यवसायीले पासको माग उठाउँदै आएका छन्। नेपाल चेम्बर अफ कमर्शअन्तर्गतको भन्सार समितिका सभापति निरज राई धेरै अगाडिदेखि आफूहरुले बिजनेस पास उपल्बध गराउन माग गर्दै अाएको तर समस्या सम्बोधन नभएको बताउँछन्।

‘बिजनेश पास नहुँदा केरुङबाट सामान आयात गर्न नेपाली व्यवस्थाले सास्ती छ,’ उनले नागरिकन्युजसँग भने, ‘नेपाली व्यवसायीले आफ्नो सामान छान्न र लिनसमेत आफैँ जान पाउने स्थिति छैन। यसले धेरै अप्ठ्यारो परिरहेको छ।'

रसुवागढी–केरुङ नाकाबाट नेपालतर्फ तयारी पोशाक, इलेक्ट्रोनिक्स सामान, प्लास्टिकका खेलौनाजन्य सामान, स्याउलगायत सामान भित्रिने गर्छन्। आफू चीन जान नपाएपछि सामान ल्याउन व्यवसायीले रसुवाका स्थायीबासिन्दाको उपयोग गर्दै आएका छन्। सीमावर्ती रसुवाका स्थानीयलाई चीनले अस्थायी प्रवेशको पास उपलब्ध गराउँछ। व्यापारीले सामान छुटाउन उनीहरुलाई भाडा तिरेर पठाउँदै अाएका छन्।

तातोपानी नाका सञ्चालन हुँदा भने नेपाली पक्षको सिफारिशमा चीनले बिजनेस पास उपलब्ध गराउँथ्यो।

‘अर्काको भरमा लाखौं मूल्य पर्ने गाडी पठाउनु पर्ने अवस्था छ,’ राईले भने, ‘गाडी चलाउन सिपालु भए पनि नभए पनि पठाउनु परेको छ। कहिले टायर बिग्रिने कहिले इन्धन चोरिनेलगायत अनेक समस्या व्यसायीले भोगिरहेका छन्।’ एकदिने पासको व्यवस्था भए मात्रै पनि त्यस्तो समस्या धेरै हदसम्म कम हुने सभापति राईको बुझाइ छ।

पास दिन चीन तयार

व्यवसायी एवं रसुवागढीस्थित सरकारी कर्मचारी चिनियाँ पक्ष बिजनेस पास उपल्बध गराउन तयार रहेको बताउँछन्। ‘चिनियाँ पक्ष एक दिने पास दिन तयार छ,’ राईले भने, ‘नेपालसँग उसले पास दिन अपनाइने मोडालिटी वा कसको सिफारिसमा कसरी दिने भन्ने विषयमा प्रस्ताव ल्याउन माग गरिरहेको छ। नेपाली पक्षबाटै त्यस्तो ठोस प्रस्ताव लान ढिलासुस्ती भइरहेको छ।’

व्यवसायीहरु कसको सिफारिशमा पास पाउने भन्नेमा विवादित छन्। उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बर आ–आफ्नो सिफारिशलाई नेपाल सरकारले मान्यता दिनुपर्ने पक्षमा छन्। व्यवसायीलाई मर्का पर्न थालेपछि अध्यागमनको सिफारिशमा यस्तो पास उपलब्ध गराउनु पर्ने कतिपय व्यवसायीको भनाइ छ। त्यस्तो पास एकदिने नभई तीनदिने हुनुपर्ने सम्बन्धित सरकारी अधिकारी बताउँछन्।

रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु एकदिने पास व्यापारीका लागि पर्याप्त नहुने बताउँछन्। ‘रसुवागढीबाट करिब २८ किलोमिटरको दूरीमा केरुङ छ,’ पनेरुले नागरिकन्युजसँग भने, ‘एकै दिन सामान किनेर फर्किन गाह्रो हुन्छ। त्यसैले कम्तिमा पनि ३ दिने पास उपलब्ध गराउन माग गर्नुपर्ने अवस्था छ।’

चीनसँगको व्यापारको परिमाण बढ्दै गएकोले नाकासँग जोडिएका सिन्धुपाल्चोक र रसुवाका बासिन्दालाई मात्रै पास दिएर नपुग्ने उनको भनाइ छ।

रसुवागढी नाकाबाट सामान आयात गर्दा विगतमा सामानको कम मूल्यांकन गराएर व्यवसायीहरुले भन्सार कटाउने गरेका थिए। भन्सार कार्यालयले पनि व्यवसायीले गराएको कम मूल्यांकनमा आँखा चिम्लिँदै सामान पास गराउँदै आएको थियो। पछिल्लो केही महनिायता भने भन्सारले चेकजाँचमा कडाई गर्दा व्यवासायी सामान उठाउन नजाने समस्या देखिएको थियो।

‘विगतमा केही समस्या भएको थियो’ चेम्बर अफ कमर्सका राई भन्छन्, ‘अहिले व्यवासाइहरुले धमाधम सामान छुटाइरहेका छन्। रसुवागढी भन्सार यार्ड नै खाली हुन लागेको छ।’

राजस्व असुलीको लक्ष्य पूरा

भन्सार प्रमुख पनेरु भन्सार कार्यालयले पहिलादेखि नै व्यापारीले पेश गरेको मूल्य र सन्दर्भ मूल्य सूचीका आधारमा भन्सार शुल्क असुल गरेर सामान पास गर्दै आएको बताउँछन्।

‘सामान कम आयात हुनुको कारण मूल्यांकन बढेर होइन,’ उनले नागरिकन्युजसँग भने,  ‘चिनियाँ नयाँ वर्षको विदामा गएका केरुङ भन्सारका कर्मचारी तथा कामदार करिब ३० दिनपछि मात्र काममा फर्किए। केरुङबाट रसुवागढीतर्फ तिब्बतको पाङसिङ भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा १० दिन बाटो अवरुद्ध भयो। त्यसले पनि सामान आयातमा समस्या भएको हो।’

भन्सार कार्यालयले चैत महिनाका लागि लक्ष्यित राजस्व उठाएको छ। ‘चैत महिनाको २२ करोड १६ लाखको राजस्व असुली लक्ष्य हामीले पूरा गरेका छौं,’ उनले भने, ‘सामान आयात घटेको भए राजस्व लक्ष्य नै पूरा हुँदनथ्यो।’

चीन सरकारको वान बेल्ट वान रोड (ओबिओआर) परियोजनामा पनि यो रुट परेकोले यसलाई चीन सरकारले पनि महत्व दिँदै आएको छ। भूकम्पपछि तातोपानी बन्द भएका कारण नेपाल—चीन व्यापारका लागि रसुगढी मुख्य नाका रहँदै आएको छ।

प्रकाशित: ४ वैशाख २०७४ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App