८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा गरेका हुन्।

त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा भरत खड्का, विक्रम बिष्ट, कविता पोखरेल, भरत नेपाल छन्। कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ।

अध्यक्ष पदका उम्मेदवार कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि देश उर्जामय बनेको बताए। उनले आगामी दिनमा आफूहरुले संसदमा पेस भइसकेको विद्युत ऐनका बारेमा सुझावहरु दिनुपर्ने आवश्यक्ता देखिएको बताए।

प्रकाशित: २९ जेष्ठ २०८० १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App