८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ।

आँखा शिविर कार्यक्रम पर्सास्थित डुमरिया चन्द्रपुर ९ मा सञ्चालन गरिएको थियो। शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवा लिएका बैंकले जनाएको छ।

दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App