२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।

उक्त वार्षिक साधारणसभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।

साधारणसभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांश गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव समेत पारित गरेको छ। साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण समेत पारित गरेको छ।

साधारणसभाले प्रभु लाइफइन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृतिप्रदान गर्नुका साथै मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App