१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघमा पहिलो महिला अध्यक्ष

काठमाडौं- मुलुकको प्रमुख पदहरूमा महिला पुग्ने क्रममा निजी क्षेत्रकै सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा पनि पहिलो पटक पहिला अध्यक्ष भएकी छन्। राष्ट्रपति, सभामुख, प्रधानन्यायधिस जस्ता पदमा महिला पुगेको सन्दर्भमा महासंघमा भवानी राणा अध्यक्ष भएकी हुन्।    

बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार महासंघको ५१ औं साधारण सभाबाट राणा अध्यक्षमा नियुक्ती भएकी हुन्। राणाले बुधबार महासंघमा भएको विशेष समारोहमा नयाँ कार्यसमितिको पदभार ग्रहरण गरेकी छन्।

करिब एक दशक अघि महासंघमा प्रवेश गरेकी राणा २०६४–६७ मा पहिलो पटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासंघमा सक्रिय रुपमा काम गर्न लागेको महासघले जनाएको छ।

अध्यक्ष पशुपती मुरारकाले नयाँ अध्यक्षका रुपमा राणालाई पदभार गराएका थिए। 'म यो बेला गर्व र भावुक भएकी छु,' अध्यक्षका पदभार लिएपछि राणाले भनिन्,' 'महासंघको ५० वर्षको इतिहासमा पहिलो पटक पहिलाको रुपमा अध्यक्षमा आएकी छु। अब महासंघलाई अगाडी बढाउने जिम्मेवारी मेरो काधमा आएको छ।'

उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निर्वाचित भएका शेखर गोल्छा सहित कार्यसमितिका सम्पुर्ण सदस्यले पदभार  ग्रहरण गरेका छन्। उपाध्यक्षमा जिल्ला–नगरबाट प्रमोद श्रेष्ठ, वस्तुगत समूहबाट उमेशलाल श्रेष्ठ र एशोसिएटबाट चन्द्रप्रकास ढकाल निर्वाचित भएका थिए।

बुधबारै महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षतमा बसेको पहिलो बैठकले ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्षमा चयन गरेको छ। प्रधानले गोल्छाको प्यानलबाट कोषाध्यक्षमा उम्मेदवार दिएका थिए। 

कार्यक्रममा राणाले आर्थिक समृद्ध नै मुलुकको प्रमुख चुनौतीका रुपमा रहेको बताइन्। 'राजनीतिक स्थिरतापछि अब हामीलाई आर्थिक समृद्धि चाहिएको छ,' राणाले भनिन्, 'यसका लागि हामी सरकारसँग मिलेर जान तयार छौं।'

पदभार समारोहमा राणाले आफ्नो तीन वर्षे कार्यकाल सफल बनाउन आफ्ना योजना समेत सुनाएकी थिइन्। महासंघ सधै उच्च स्थानमा रहेको भन्दै यसको गरिमा र यसलाई थप उचाइमा पुर्‍याउनु नै आफ्नै आफ्नो पहिलो काम हुने उनले बताइन्।

'मेरा अध्यक्ष मुरारकाले बनाउनु भएका योजनालाई पुरा गर्नु मेरो पहिलो योजना रहनेछ,' राणाले भनिन्। त्यसैगरी, युवा जनशक्तीलाई पलायन हुन नदिन आफू प्रयासरत रहने भन्दै यसको लागि सात प्रदेशमा तालिम र टेक्निकल स्कुल खोल्ने आफूले योजना बनाएको बताइन्।

त्यसैगरी, महासंघमा एक विज्ञ समूह र रिसर्च एण्ड डिभलपमेन्ट सेन्टर खोल्ने, सरकारसँग मिलेर काम गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडललाई प्राथमिकतामा राख्ने, स्वदेशी वस्तु उपयोग गर्न जोड दिने, जिल्ला नगरका उद्योगलाई कसरी संचालन गर्न सकिन्छ वृहत छलफल गरेर अगाडी बड्ने प्रतिवद्धता जायर गरिन्।

त्यसैगरी, नेपाल र भारतबीचको द्धिदेशीय व्यापारमा विहार, बंगाल, युपी जस्ता बार्डर क्षेत्रमा भएका समस्या समाधान गर्न पहल गर्ने, राजनीतिक दललाई आर्थिक विकासलाई प्राथमिकतामा राख्न संकल्प प्रस्ताव पास गराउने, कर विवादलाई सधामान गर्ने योजना अगाडी सारेकी छन्।

त्यसैगरी, राणाले कच्चा पदार्थको भ्यालु एड गर्ने, जग्गा प्राप्ती र भू–उपभायेग नीतिलाई अगाडी लैजाने, जलविद्युत आयोजनालाई प्राथमिकतमा राखेर काम गर्ने प्रतिवद्धता गरेकी छन्। सात प्रदेशमा स्मार्ट सिटी बनाउने र त्यसको सुरुवात काठमाडौंबाट गर्ने, पुँजीगत खर्च बढाउन सहयोग गर्ने, सरकारबाट विकासको वार्षिक क्यालेन्डर प्रकाशन गर्न लगाउने, महिला उद्यमशिलता विकासमा जोड दिने र अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्ने योजना राणाले अगाडी सारेकी छन्। त्यसैगरी उनले महासंघको चुस्त सचिवालय बनाउन सधै सक्रिय रहने समेत प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित: ३१ चैत्र २०७३ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App