७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न

महालक्ष्मी  विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का विजेतालाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

यही जेठ २० गतेदेखि २२ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। माछापुच्छ्रे बैंक दोस्रो भएको छ। उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरू बीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरूलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मदत पुग्ने बताए।

यस्तै महालक्ष्मी  विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले यस्ता खेलहरूले कर्मचारीहरूमा समूह निर्माण गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मदत पुर्‍याउने हुदाँ समय-समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App