१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्वसाधारणलाई भोलिदेखि नेपाल रिपब्लिक मिडियाको आइपिओ

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ।

सर्वसाधारणलाई जेठ २६ गतेबाट ३५ लाख २५ हजार ९३० कित्ता आइपिओ निष्कासन गर्न लागेको छ। आवेदकले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

जेठ ३० गतेसम्म माग अनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ। सेयर लगानीकर्ताले रिपब्लिक मिडियाको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको जारी पुँजी ९६ करोड ७६ लाख रूपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो।

पत्रिका लगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको हो।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्समा आयोजना गरिएको कार्यक्रममा गोला प्रथाबाट आइपिओ बाँडफाँट गरिएको हो। रिपब्लिक मिडियाको आइपिओमा आकर्षण देखिएर ‘ओभर सस्क्राइब’ भएपछि गोला प्रथाबाट आइपिओ बाँडफाँट गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो। आइपिओका लागि २० हजार ७९१ जनाको आवेदन आएकामा २० हजार ७८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता आइपिओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता आइपिओ सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

प्रकाशित: २५ जेष्ठ २०८० १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App