२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।

यस दिवसको अवसरमा देशका विभिन्न स्थानमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारी बीच टिकटक प्रतियोगिता, पुनःप्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैंकले वृक्षारोपण तथा सरसफाइ कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवा रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरेको छ। यस्ता कार्यले वातावरण संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने विश्वास बैंकले राखेको जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App