२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजाजको २५ वर्षे लिडरसिप योजना सम्पन्न

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले रजतजयन्तीको अवसरमा सञ्चालन गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्षे क्याम्पेन’ सम्पन्न गरेको छ।

आफ्ना उपभोक्तालाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ कम्पनीले उक्त अभियान सुरु गरेको थियो। अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो। जसमा २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रूपैयाँसम्मको नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर थियो।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले उक्त अभियानले हामीलाई अहिलेसम्मको यात्रामा ग्राहकले वर्षौंदेखि गरेको विश्वास र निरन्तर दिइरहेको साथलाई आभार व्यक्त गर्ने अवसर दिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८० ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App