१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई गैँडा नियन्त्रणमा, भाले गैंडा बर्दिया पठाइने

रत्ननगर (चितवन)– चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर मंगलबार एकैदिन दुईवटा गैँडालाई नियन्त्रणमा लिएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बिहान ८ बजेतिर अन्दाजी ८÷१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिब ११ बजेतिर अर्को अर्धवयस्क पोथी गैँडालाई नियन्त्रणमा लिइएको थियो । 

उनले सोमबार नै शुक्लाफाँटामा भाले लगिसकिएकाले मंगलबार समाइएको भाले गैँडालाई भने बर्दियामा लगेर छाडिने जानकारी दिए ।  

सोमबार पठाइएको उक्त गैँडालाई आज करिब १ बजेतिर शुक्लाफाँटामा छाडिएको छ । आज समाइएका दुईवटा गैँडालाई मंगलबार नै पठाइने निकुञ्जको भनाइ छ । 

सोमबार चितवन निकुञ्जको पश्चिम क्षेत्रमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको अन्दाजी १५÷१६ वर्षको वयस्क भाले गैँडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको थियो । 

शुक्लाफाँटामा एक भालेसहित पाँच गैँडा लगिने तयारी छ । यसपालि बर्दियामा लैजाने कार्यक्रम नभए पनि थप एउटा भाले समाइएकाले त्यसलाई बर्दिया लगेर छाडिने छ । 

गैँडा समाउन चिकित्सक र प्रविधिज्ञको टोलीसहित ३० हात्ती र झन्डै १०० व्यक्ति निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको छ । सन् २००१ मा शुक्लामा पहिलोपटक यहाँबाट ४ गैँडा पठाइएको थियो । 

हाल नेपालमा ६४५ गैँडा छन् । त्यसमध्ये ६०० वटा चितवनमा छ भने नौवटा शुक्लामा छन् । सन् १९८४ देखि सुरु भएको गैँडा स्थानान्तरण कार्यक्रम अन्तर्गत बर्दियामा मात्रै ८८ वटा पठाइसकिएको छ । रासस 

प्रकाशित: २२ चैत्र २०७३ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App