१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुकुममा चालू वर्ष ६ तुइन विस्थापित

तुइन विस्थापित गरी बनाइएको झोलुंगे पुल। तस्बिरः गणेश विक

रुकुम– यस आर्थिक वर्षमा जिल्लाका छ वटा तुइन विस्थापित भएका छन्। नेपाल सरकारको तुइन मुक्त बनाउने कार्यक्रमअन्तरगत यी तुइनहरु बिस्थापित भएका हुन् ।

तुइन विस्थापित गरी उक्त ठाउँमा झोलुगें पुल निर्माण गरिएको छ। रन्मामैकोट पुक्चिङ, खालीवाङ तकसेरा, किमुबोट काँडा, रुजिखोला काँक्री, जिपु ज्युला स्यालापाखा र भलखोला स्यालापाखाका तुइनहरु बिस्थापित भएका हुन्। ४४ लाख देखि १८ लाखसम्ममा झोलुंगे पुलहरु निर्माण गरिएको जिल्ला इन्जिनियर पहल पुनले बताए। उनका अनुसार बाँकी तीन वटा तुइनहरु विस्थापित हुने क्रममा छन्। छिपतरा प्वाङ, धौलागाढ सिस्ने र पेदीखोला प्वाङका तुइन विस्थापित भई झोलुंगे पुल निर्माण हुने अन्तिम चरणमा पुगेका र यस आर्थिक वर्षको अन्त्य सम्म निर्माण भई सक्ने छन्।

देशभरी तुइन निर्माण गर्ने काम मध्ये आफूले सबैभन्दा छिटो र बढी काम गरेको स्थानीय विकास अधिकारी नरेन्द्र कुमार रानाले दावी गरेका छन् । झोलुंगे पुल नहुदाँ स्थानीयबासी तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। कतिले तुइनबाटै खसेर अकालैमा ज्यान गुमाउनु परेको थियो । झोलुंगे पुल नजिकै नुहँदा स्थानीय तुइनबाट जोखिमपूर्ण यात्रा गर्न वाध्य भएको तकसेराका रुजिधन बुढाले बताए। तुइन विस्थापित हुँदा आफुु निकै खुशी भएको उनले बताए। तुइनबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने वाध्यताबाट छुटकारा पाएको यहाँका वासिन्दाहरुको भनाई छ।

यहाँका दुर्गम ठाउँका वासिन्दा तुइनबाटै घासँ, दाउरा, पानी, अन्नलगायतका सामग्रीहरु ओसारपसार गर्दै आएका थिए । तुइन विस्थापित भएपछि विद्यालय जान र आवतजावतमा बालबालिक तथा बृद्धबृद्धालाई समेत सहज भएको स्थानीय निकास अधिकारी रानाले बताए । तुइन विस्थापित भएसँगै यहाँका बासिन्दाको दैनिकी सहज भएको छ। 

 

प्रकाशित: २२ चैत्र २०७३ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App