२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अनलिमिटेड भ्वाइस एण्ड डाटा प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ। नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत ६ सय ३६ रूपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ। पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। साथै उक्त डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।  यस अफरबाट ग्राहकले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ।  

प्रकाशित: २१ जेष्ठ २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App