२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको विद्युतीय टयाक्सीमो जिपिएस जडान

टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ। ‘एक्सप्रेस–टी’का प्रिमियम विद्युतीय टयाक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत आफ्नो गाडी कहाँ–कहाँ र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन्।  

विद्युतीय ट्याक्सीको फ्लिट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट हेर्न पाउने कम्पनीले जनाएको छ।

जिपिस जडित गाडी ग्राहकको सुरक्षाका लागि पनि उपयुक्त भएकाले ग्राहकले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई रूचाएको कम्पनीको दाबी छ। आगामी समयमा यस जिपिएस प्रविधिले सबै विद्युतीय सवारी साधनलाई एउटै सिस्टममा ल्याउन र ट्र्याक गर्न मदत पुर्याउने कम्पनीको विश्वास छ।

प्रकाशित: १८ जेष्ठ २०८० ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App